बाहुण्डाँगी । गछिया जेसीजको जारी २०२२ को जेसीज सप्ताह अन्तर्गत मंगलवार गछिया चोकमा जेब्राक्रस निर्माण गरिएको छ । बढ्दो सवारी दुर्घटनालाई कम गर्ने उदेश्यले सप्ताहको पाँचौ दिनको अवसर गछिया प्रहरी र ट्राफिक प्रहरीको प्राविधिक सहयोगमा जेब्राक्रस निर्माण गरिएको हो । साथै सोही कार्यक्रममा ट्राफिक सचेतना समेत प्रदान गरिएको हो । कार्यक्रमको संयोजन सुमन भट्टराईले गर्नु भएको थियो ।

यसैगरी सप्ताहको उद्घाटन तालिमबाट गरिएको थियो । आदीवासी जनजातिको सभाहलमाम गरिएको सप्ताहको उद्घाटन सुन्दर हरैचा नगरपालिकाका मेयर केदारप्रसाद गुरगाइले गर्नुभएको थियो । १५० जना सहभागि तालिमको प्रशिश्रकका रुपमा सेवक बजगाई गर्नु भएको थियो ।

यसैगरी, दोस्रो कार्यक्रममा स्वास्थ्यका लागि खेलकुदको नारासहित फुटबल प्रतियोगिता भएको थियो । फुटबल प्रतियोगिताको संयोजन कमल दाहालले गर्नु भएको थियो । तेस्रो कार्यक्रम बुद्ध आधारभूत विद्यालयमा शैशिक सामाग्री वितरण गरिएको थियो ।

चौथो कार्यक्रम मन्दिरमा डस्बिन वितरण तथा सरसफाइ गरिएको शाखाका अध्यक्ष मदन दाहालले बताउनु भयो । कार्यक्रमको संयोजन ध्रुब निरौलाले गर्नु भएको थियो । अध्यक्ष मदन दाहालका अनुसार अबको अन्तिम कार्यक्रम १४ गते तिज बिषेश गरेर समापन गरिनेछ ।





