संघ \संस्था

थिम सेमीनारका वक्ता हिक्मत कार्की र राजिप ढुङ्गाना

बाहुण्डाँगी । यहि भदौ १७ गतेबाट हुने क्षेत्र क को क्षेत्रीय सम्मेलनको मुख्य बक्ताका रुपमा एमाले नेता हिक्मत कार्की र कांग्रेस नेता राजिप ढुङ्गाना रहनेछन् । इन्द्रपुर जेसीजको आतिथ्यता तथा नेपाल जेसीजको आयोजनामा हुन लागेको क्षेत्रीय सम्मेलन अन्तर्गत रहेको नियमित कार्यक्रम थिम सेमीनारमा मुख्य बक्ताका रुपमा कार्की र ढुङ्गाना रहेका सम्मेलन निर्देशक नारायण कार्कीले बताउनु भयो । नेपाल जेसीजका अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीको प्रकरण कामका लागि प्रभाव विषयमा नेताद्धय मुख्य वक्ताका रुपमा रहने निर्णय भएको निर्देशक कार्कीले जानकारी दिनु भयो । प्रखर वक्ता तथा अधिवक्त कार्की र नेवी संघका राजनितिबाट निखारिएर आएका स्पष्ट वक्ता ढुङ्गानाले जेसीजका माध्यमबाट समाजमा पार्ने प्रभावका विषयमा आफ्ना धारणाहरु राख्नेछन् ।
दुई दिनसम्म चल्ने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सम्मेलन सफल बनाउन हरतवरले प्रयास भइरहेको शाखाका अध्यक्ष भवानी ढकालले बताउनु भयो । सम्मेलनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको समेत अध्यक्ष ढकालले बताउनु भयो ।
सम्मेलनमा सहभागि हुन क्षेत्र क का ४३ वटा शाखाका अध्यक्षसहित पदाधिकारी, पूर्व अध्यक्षहरु, नेपाल जेसीजका पदाधिकारीहरु र पूर्व अध्यक्षहरु गरी करिब ७ सयको सहभागिता रहने शाखाका निवर्तमान अध्यक्ष कृष्ण ओझाले बताउनु भयो ।