खेलकुद

दिलबहादुर राई स्मृति नकआउट फुटबल प्रतियोगिता-२०७९ को उपाधि सतासी स्पोटिङ्ग क्लबलाई

लक्ष्मी उप्रेती
मेचीनगर ।
निकेश श्रेष्ठको १ गोलको मद्घतले प्रथम धाइजन चारआली कप दिलबहादुर राई स्मृति नकआउट फुटबल प्रतियोगिता २०७९ को उपाधि झापाको शिवसताक्षीको सतासी स्पोटिङ्ग क्लबले उचालेको छ ।

No description available.

प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा स्पर्धी धाइजन चारआली फुटबल क्लब मेचीनगरलाई १ शुन्य गोलले पराजित गदैं सतासीले उपाधि जितेको हो । खेल शुरु भएको ९ मिनेटमा सतासीले पाएको फ्रि -किक खेलको म्यान अफ म्याच समेत घोषित श्रेष्ठले सोझै पोस्टमा प्रहार गरे अनि धाइजन चारआली फुटबल क्लब मेचीनगरका गोलरक्षक युवराज पुरीले नियन्त्रणमा लिन नसक्दा गोलमा परिणत भएको थियो । अन्तत ः त्यही गोल नै सतासीलाई जीतको लागि निर्णयक बन्यो । गोलरक्षक पुरीले उदयीमान खेलाडीको उपाधि समेत हात पार्नुभयो ।

No description available.

जितसँगै उस्ले नगद ५० हजार रुपैयाँ र शील्डसहित प्रमाण पत्र हात पारेको छ । धाइजन चारआली फुटबल क्लब मेचीनगर भने नगद ३० हजार रुपैयाँसहित शील्डसहित प्रमाण पत्रमा चित्त बुझाउन बाँध्य भयो । खेललाई बराबरीमा पुर्याउन पहिला हाफमा आयोजकले निक्कै मिहनतगरे पनि उस्का सवै प्रयास असफल भए । धाइजन चारआली फुटबल क्लब मेचीनगरले गोल गर्ने निक्कै अवसर प्राप्त गरेको थियो । पटक पटकको सुन्दर गोल गर्ने हेतुले सोझै पोस्ट प्रहार गरे पनि सतासीका गोल रक्षक सन्दिप लिम्बुले सवै प्रहार सहजै नियन्त्रणमा लिइएका थिए । लिम्बुले उत्कृष्ट गोलरक्षकको उपाधि समेत जित्नुभयो । दुवै टिमले शुरुदेखि नै अत्यन्तै आक्रमक र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे पनि शुरुको ९ मिनेट बचाउन नसक्दा आयोजक उपविजेता बन्यो ।

No description available.

प्रतियोगिताको विजेता तथा उपविजेतालगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई फाइनल खेलका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, विशिष्ट अतिथि मेचीनगर— १२ का वडाध्यक्ष मधुसुदन निरौला, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’लगायतका अतिथिहरुले पुरस्कार प्रदान गर्नुभएको समाजसेवी धनबहादुर तामाङ्गले जानकारी दिनुभयो ।

No description available.

मेचीनगर —१२ कालीझोडा झापाको कालिका खेलमैदानमा संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि शुरु प्रतियोगितामा जिल्लाभरिका आठवटा टिमले सहभागिता जनाएका थिए । धाइजन चारआली फुटबल क्लब र चारआली युथ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता शुरु भएको थियो ।

No description available.
No description available.
No description available.

No description available.