बाहुण्डाँगी । २० वर्षदेखि निरन्तर मिस टिनको अयोजना गर्दै आएको नेपालका शाखाहरुकै अभिभावक संस्था काठमाडौँ जेसीजले सेप्टेम्बर महिनाको जेसीज अफ द मन्थको अवार्ड प्राप्त गरेको छ ।
नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको नतिजा अनुसार क्षेत्र ग को अवार्ड काठमाडौँ जेसीजलाई प्रदान गरेको हो । यो शाखाले हालै मात्र मिस टिनको फाइनल प्रतियोगिता सम्पन्न गरेको थियो । नेपालकै परानो शाखा समेत रहेको यो जेसीज देशभरका जेसीज शाखाहरुको अभिभावक संस्थाको रुपमा रहेको छ । जसले काठमाडौँ क्षेत्रमा रहेर नविन आयमका साथ काम गर्दै आएको छ । अवार्ड प्राप्त गरेपछि शाखाका अध्यक्ष जेसीआई सिनेटर अनुप सुनुवारले शाखाको विगतको विरासतलाई निरन्तरता दिन पाएकोमा खुसी भएको बताउनु भयो । साथै उहाँले सहयोगी सबैलाई आभार व्यक्त गर्नु भयो ।

