राजनीति

नवलपुर क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार जि.सी.को सचिवालय स्थापना

गैँडाकोट । नवलपुर निर्वाचन क्षेत्र नं।१ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदबार चित्र ध्वज जि।सीको सचिवालय स्थापना गरिएको छ ।
गैँडाकोट नगरपालिका वडा नं। ८ स्थित गैँडाकोट रिसोर्ट अगाडी उम्मेदवार जि।सी को सचिवालय स्थापना गरिएको उहाँका सहयोगी प्रेम गौडेलले जानकारी दिनुभयो ।

सचिवालय स्थापना भएसँगै क्षेत्र नं।१ मा कसरी चुनावी अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउने भन्ने रणनिति तय गरिने उहाँले बताउनुुभयो । विहान ८ वजेदेखि साँझसम्मै सचिवालयमा चुनाव केन्द्रित भेटघाट र छलफल समेत सुरु हुने उहाँले बताउनुभयो ।
निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार जि।सी लाई क्रस खुकुरी चुनाव चिन्ह प्रदान गरेको छ । सोहि चुनाव चिन्ह लिएर उहाँले चुनावी अभियान सुरु गर्नुभएको हो ।

नेपाली काँग्रेसमा रहेर लामो समय सकृय राजनिति गरेका युवा नेता जि।सी ले नेतृत्व परिवर्तनको माग गर्दै स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । उहाँको उम्मेदवारीले नवलपुर निर्वाचन क्षेत्र न। १ को कसको पोल्टामा पर्ने भन्नेमा द्धिविधा सृजना भएको छ ।