राजनीति

शशाकं कोइरालाको पहिलो सचिवालयमा स्वतन्त्र उम्मेदवार जिसीको सचिवालय स्थापना

गैँडाकोट । २०६४ को पहिलो निर्वाचनमा कांग्रेस नेता शशाकं कोइरालाले स्थापना गरेको सचिवालयमा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदबार चित्र ध्वज जि.सीको सचिवालय स्थापना गरिएको छ । नवलपुर निर्वाचन क्षेत्र नं १ बाट तिनै शशाकं कोइरालाको प्रतिस्र्धीका रुपमा उम्मेदवारी दिनु भएका जिसीले आज आफ्नो सचिवलाय स्थापना गर्नु भएको हो । यस अघि ३ वटा निर्वाचनमा कोइरालाको चुनावी अभियानमा अग्रपंक्तिमा रहेर काम गरेका जिसी अहिले कोइरालासँगै प्रतिस्र्धी भएर आउनु भएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित गैँडाकोट रिसोर्ट अगाडी उम्मेदवार जि.सीको सचिवालय स्थापना गरिएको उहाँका सहयोगी प्रेम गौडेलले जानकारी दिनुभयो ।

सचिवालय स्थापना भएसँगै क्षेत्र नं. १ मा कसरी चुनावी अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउने भन्ने रणनिति तय गरिने उहाँले बताउनुुभयो । विहान ८ वजेदेखि साँझसम्मै सचिवालयमा चुनाव केन्द्रित भेटघाट र छलफल समेत सुरु हुने उहाँले बताउनुभयो ।
निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार जि.सी लाई क्रस खुकुरी चुनाव चिन्ह प्रदान गरेको छ । सोहि चुनाव चिन्ह लिएर उहाँले चुनावी अभियान सुरु गर्नुभएको हो ।

नेपाली काँग्रेसमा रहेर लामो समय सकृय राजनिति गरेका युवा नेता जि।सी ले नेतृत्व परिवर्तनको माग गर्दै स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । उहाँको उम्मेदवारीले नवलपुर निर्वाचन क्षेत्र न. १ को कसको पोल्टामा पर्ने भन्नेमा द्धिविधा सृजना भएको छ । युवाहरुमाझ लोकप्रिय जिसीको उम्मेदवारले यतिबेला यो क्षेत्र निकै तातेको छ । मंसिर ४ गते हुने निर्वाचनको परिणाम के हुन्छ भन्ने आंकलन गर्न अहिले नै नसकेपनि जिसी आफ्नो जित युवाहरुको जित हुने भएकाले जित निश्चित रहेको बताउनु भयो ।