संघ \संस्था

गैँडाकोट जेसीजको सप्ताह सुरु, उद्घाटनमा साक्षरता तालिम

बाहुण्डाँगी । गैँडाकोट जेसीज २०२२ को जेसीज सप्ताह आइतवारबाट सुरु भएको छ । फेमेली क्याफे एण्ड पार्टी प्यालेसमा भएको सप्ताहको उद्घाटन नेपाल जेसीजका निवर्तमान अध्यक्ष जेसीआई सिनेटर
अरुणेश्वर खनालले गर्नु भएको थियो ।

उद्घाटन समारोहमा वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरिएको थियो । तालिमको सहजीकरण सिद्धार्थ बैंक गैडाकोटका म्यानेजर कमल भण्डारीले गर्नु भएको थियो ।


शाखाका अध्यक्ष शंकर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष अनिलबहादुर शाही, शाखाका संस्थापक अध्यक्ष बद्री सापकोटालगायतले सप्ताह सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।