संघ \संस्था

गैडाकोट जेसीजद्धारा क्षयारोग न्यूनिकरण सम्बन्धि प्रशिक्षण

बाहुण्डाँगी । गैंडाकोट जेसीज र Japan-Nepal Health & Tuberculosis Research Association को आयोजना मा गैंडाकोट वार्ड न ७ मा क्षयरोग सचेतना र परिक्षण सम्पन्न भएको छ । शाखाको जेसीज सप्ताहको अवसर पारेर क्षयरोग निर्मुल समाज निर्माणका लागि हाम्रो अभियान भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा १११ जनाको सहभागिता रहेको थियो । शाखाका अध्यक्ष शंकर अधिकारीको सभापतित्व तथा जन्त अर्गनाइजेशनका नेश्नल प्रोग्राम कोर्डिनेट शरन कोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वार्ड न ७ का अध्यक्ष होम नाथ सापकोटा, जन्तका जिल्ला प्रमुख बिमल पौडेल, शाखाका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष गोकुल सापकोटा, पूर्व अध्यक्ष रमेश काफ्लेलगायतले क्षयारोग न्यूनिकरणमा सबैको भूमिका रहनु पर्ने बताउनु भएको थियो । कार्यक्रम रोशन घिमिरेको संयोजकत्वमा सम्पन्न भएको थियो ।