बाहुण्डाँगी । दिप ज्योति फुटबल क्लबको आयोजनामा जारी तेस्रो दिज्पज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगितामा आयोजक क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।

सोमवार सम्पन्न खेलमा जिर्मले फुटबल क्लब इलामलाई ३–२ को गोल अन्तरले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । जितका लागि आयोजकका मनकुमार लिम्बूले २ र रबिन मगरले १ गोल गरेका थिए । यता इलामका तर्फबाट विक्रम राई र देवन विकले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच मनकुमार लिम्बू भए । मंगलवारको खेल काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र विएफ भारतबिच हुने आयोजक समितिका सचिव युवराज प्रधानले बताउनु भयो ।

