मेचीनगर । मेचीनगर नगरपालिकाको नगरस्तरीय अनुगमन समिति संयोजक एवम् नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा रहेको अनुगमन टोलीले मंगलवार नगरका विभिन्न स्थानमा निर्माणधिन भवनहरूको स्थलगत अनुगमन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईं, ईञ्जिनयरहरू जीवन भट्टराई , रोशन रिमाल, भुपेन्द्र तामाङ, विशाल जवेगु, सवईञ्जिनियर कमलप्रसाद शर्मा, पुर्वाधार विकास समिति संयोजक एवम् कार्यपालिका सदस्य चित्रकुमार धिमाल, वडानम्वर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ , ८ का वडाध्यक्ष गिरीराज धमला, १० का वडाध्यक्ष नारायण खनालसहितको अनुगमन टोलीले मेचीनगर वडानम्वर ५, ६ , ८ र १० को निर्माणधिन वडा कार्यालयहरू, मेचीनगरको ८ नम्वर वडामा रहेको महिला सीप विकास केन्द्र १० मा रहेको आम्दा अस्पतालमा निर्माणधिन संरचना, १३ नम्वर वडाको श्री सत्य शाही केन्द्र चारआली भवनको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा उपप्रमुख उप्रेतीले निर्माण भईरहेका संरचनाको गुणस्तर तथा निर्माणकार्यका विषयमा जानकारी लिनुभयो । उहाँ यी संरचना नगरकै सम्पति भएका कारण गुणस्तरमा कुनै पनि कमि आउन नदिन तथा समयमै निर्माण सम्पन्न गर्न प्राविधिक पक्ष र निर्माण व्यवसायीलाई सुझाव दिनुभयो । उहाँले सवै संरचनाको निर्माण कार्य सम्पन्न भएपछिमात्र अन्तिम अनुगमन गरिने बताउनुभयो ।

