मेचीनगर । बौद्धमोड कृषि सहकारी संस्था लि.को अध्यक्षमा नरेन्द्र काफ्ले चयन भएका छन् । संस्थाको आज सम्पन्न १४औं बार्षिक साधारणसभाले काफ्लेको नेतृत्वमा ४ बर्षका लागि पुन: तेस्रो पटक नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा किशोर तामाङ चयन भएका छन् ।

संस्थाको ११ सदस्यिय नयाँ कार्यसमितिको सदस्यहरुमा अग्नि प्रसादआचार्य, अम्बिका देबि भारती, गिता काफ्ले, शुष्मा अर्याल, सोमनाथ चम्लगाँई, हर्क बहादुर तामाङ, मनोरथ चापागाँई, बिमला ढकाल र हरि प्रसाद नेम्वाङ सर्वसम्मत चयन भएको संस्थाका व्यवस्थापक हेमन्त मोक्तानले जानकारी दिए ।

उनका अनुसार सभाले संस्थाको लेखा समिति समेच चयन गरेको छ । संस्थाको लेखा समिति संयोजकमा पोषककुमार दर्जी र सदस्यमा सुरेस घिमिरे सर्वसम्मत चयन गरेको बताए ।
मेचीनगर २ स्थित बौद्धमोड बजारमा प्रधान कार्यालय रहेको बौद्धमोड कृषि सहकारी संस्थाले बाहुण्डाँगी बजार र गाडागल्लीमा शाखा कार्यालय राखेर अहिले सेवा प्रदान गर्दै आइरहेको छ ।

