काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्य प्रति लिटर १२५ रुपैयाँ तोकिएको छ । एलपी ग्यासको मूल्य यथावत राखिएको छ ।
Year: 2022
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौं । भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ । सूचना :
मुक्ति पौडेलले छोडे एमाले र प्रेस चौतारी
झापा । नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मुक्ति पौडेलले एमालेको पार्टी सदस्यता र प्रेस चौतारी दुवै परित्याग गरेका छन् । झापामा रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय जनसंसद दैनिकका सम्पादक पौडेलले आज एक प्रेस वक्तब्य प्रकाशित गरी आजकै मितिदेखि नेकपा एमाले र प्रेस चौतारी दुवै परित्याग गरेको घोषणा गरेका हुन् । विगत Read More…
मौरिससमाथि नेपालको लगातार दोस्रो जित
काठमाडौं । मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले १-० गोलले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पनि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा शनिबार अफ्रिकन पाहुना टोलीलाई समान १-० ले नै पराजित गरेको थियो । १०औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालको जितमा पर्याप्त बन्यो । Read More…
स्थानीय तहको निर्वाचन जेठ ४ गते एकै चरणमा गर्न सरकार र आयोगबीच सहमति
काठमाडौं । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी २०७९ साल जेठ ४ गते गर्ने सहमति भएको छ। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीहरुबीचको बैठकले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति गरेको हो । छलफलपश्चात आयोगले सरकारलाई ६ बुदे सुझाव पत्रसमेत दिएको छ । उक्त Read More…
मेचीनगर नगरपालिकाको सवारी इन्धन खर्च मासिक ७ लाख
मेचीनगर । मेचीनगर नगरपालिकाले सवारी इन्धनमा मात्रै मासिक ७ लाख रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । नगरपालिकाको लेखा शाखाले दिएको जानकारी अनुसार पुस महिनामा सवारी इन्धन खर्च ७ लाख रुपैयाँ रहेको छ । यस्तै, मंसिरमा ५ लाख, कात्तिक महिनामा ३ लाख ५० हजार रुपैयाँ इन्धनमा खर्च भएको छ । मेचीनगर नगरपालिकामा ३० भन्दा बढी ठूला Read More…
नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज मरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने पाँच बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । आजको खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दुई खेलाडी परिवर्तन गरेका छन् । डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको ठाउँमा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ । Read More…
झापाको बुद्धशान्तिमा हात्ती आतङ्क, संघर्ष समितिले बुझायो ज्ञापनपत्र
झापा । बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले जङ्गली हात्तीबाट जिउधनको सुरक्षा गरिदिन प्रशासन गुहारेका छन् । हात्ती पीडितहरूले आज जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय झापामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा विगत छ महिनादेखि स्थानीय आदर्श नमूना सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने र रात परेपछि गाउँ पसेर दुःख दिने हात्तीको दिगो व्यवस्थापनसहित स्थानीयवासीको जिउधनको Read More…
विश्व स्वास्थ्य संगठनद्वारा ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई स्वास्थ्य सामग्री सहयोग
झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थित मेचीनगर नगरपालिकाको हेल्थ हेल्प डेक्स’ लाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सामाग्री सहयोग स्वरुप उपलब्ध गराएको छ । एक कार्यक्रमका बिच विश्व स्वास्थ्य संगठनले सोमबार उक्त स्वास्थ्य सामाग्री मेची नगरपालिकालाई हस्तान्तरण गरेको छ । ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ परिसरमा आयोजित हस्तान्तरण समारोहमा मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना Read More…
हात्तीको आक्रमण परि झापामा एक बृद्धको मृत्यु
झापा । हात्तीको आक्रमणबाट झापामा एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १३ का ७१ बर्षीय खम्बासिंह कार्की रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । आज विहान घरमै अन्न खान आएको हात्ती खेदाउने क्रममा हात्तीले कुल्चिँदा उनी गम्भीर घाइते भएका थिए । घाईते कार्किको उपचारको क्रममा बिर्तासिटी अस्पतालमा Read More…









