खेलकुद

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश, धरौटी बुझाएर भोलि छुट्ने

काठमाडौं । नाबालिग जर्जस्तीकरणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने भोलि (शुक्रबार) धरौटीमा रिहा हुने भएका छन् ।

बिहीबार न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० धरौटीमा छाड्न आदेश दिएसँगै धरौटी रकम बुझाएर भोलि रिहा हुने भएका हुन् ।

इजलासले १९ पन्ने जारी गरेको आदेश केही बरेमा आउँदैछ । लामिछानेको रिहाइ सर्तसहित गरिएको र आदेशको पूर्णपाठ नआइसकेकाले सर्त के हो भन्ने बाहिर आएको छैन ।

असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपमाथि १८ वर्षीया नाबालिगमाथि जर्बस्तीकरणी गरेको अभियोगमा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।

सन्दीपविरुद्ध गत भदौँ ५ को राति तिलगंगाको एक होटलमा नाबालिग युवतीलाई लगेर जबर्जस्तीकरणी गरेको भदौँ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी दर्ता भएको थियो । गौशालमा उजुरी दर्ता भएको भोलिपल्ट २२ गते प्रहरीले सन्दीपमाथि अनुसन्धान सुरु गरेको थियो।

बिहीबार उच्च अदालतले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिए पनि जिल्ला अदालत काठमाडौंमा उनीमाथिको मुद्धा भने विचाराधीन रहेको छ ।