समाचार

पोखरा विमान दुर्घटना अपडेट : ६४ जनाको शव फेला, खोँचबाट शव निकाल्न कठिन

काठमाडौं । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा हालसम्म ६४ जनाको शव फेला परेको छ ।

दुर्घटनास्थलबाट प्राप्त रिपोर्टअनुसार हालसम्म ३० वटा शव निकालेर अस्पताल पुर्याएको र ३४ वटा शव दुर्घटना भएको स्थल सेती नदीको खोँचमा भेटिएका छन् ।

खोँचमा भेटिएका शवहरु अहिले निकाल्ने प्रयास जारी छ । तीन सय मिटरभन्दा गहिरो खोंच रहेका शव निकाल्न कठिन रहेको छ ।

उद्धार गरिएकामध्ये हालसम्म कोही पनि जीवित भेटिएका छैनन् । जहाजमा दुर्घटनामा ४ जना चालक दलसहित ७२ जना सवार रहेका थिए।