चन्द्र बस्नेत
कनाकई । झापाको कनकाईमा प्रथम कृषि मेला लाग्ने भएको छ। कृषकहरुले कसरी बढी भन्दा बढी सामाग्री उत्पादन गर्ने र उत्पादीत सामाग्री कसरी बजारीकरण गर्ने भन्ने उध्येश्य कासाथ मेलाको आयोजना गर्न लागिएको कनकाई नगर कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो ।
कनकाई नगरपालिका ३ स्थित निर्माणधिन नयाँ कृषि बजारमा आयोजना हुने मेलाको कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कृषि मेला प्रदर्सनी हुने कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिनुभयो ।

मेलामा कृषकहरुले उत्पादन गरेका ९ प्रकारका तरकारी बाली, अन्य अन्न पात, उत्पादित अचार, मह गरि १७ प्रकारका सामाग्रीका साथै लोपोन्मुख कृषि औजार मदानी, ढिकी, जातो ,हलो, जुवालगायतका सामग्रीहरुको पनि प्रदर्शनी रहने कारितास नेपालका कृषि प्राविधिक टंक प्रसाद कट्टेलले जानकारी दिनुभयो ।
मेलामा आई पि एम खेती प्रवद्र्नलाई कसरी उत्पादन मुखी बनाउन सकिन्छ भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखिने कारितास नेपालका प्रादेशिक प्रमुख देवेन्द्र पोख्रेलले जानकारी दिनुभयो । मेलामा नगरभरिका कृषक समूह , विभिन्न फर्म तथा उत्पादक अगुवा कृषकहरुलाई मेलामा सहभागी भई आफ्नो उत्पादित सामाग्रीलाई प्रदसनिमा राख्न नगर कृषि साखाका प्रमुख उप्रेतीले आग्रह गर्नुभयो ।
मेलामा नगरले निशुल्क स्टल उपलब्द गराईने भएकाले आफ्नो स्टल बुकिङ गर्न आग्रह गर्दै यसका लागि ९८१४९९१५५९र ९८०६०४२३१३र९८०१७१७१६१ र ९८४२७८६६२४ मा सम्पर्क गर्न कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक शिवाकोटीले आग्रह गर्नुभयो ।
यता कृषि प्रदसनी मेलालाई सफल पार्न मङलबार आज अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको अध्यक्षतामा भएको अन्तक्रिर्या कार्यक्रममा प्रदर्शनीको तयारीमा रहेकोे कृषि मेलाका बारेमा के कस्ता सामाग्रीको प्रदर्शन हुने कुराको जानकारी गराईएको थियोे ।
अन्तर्कृया तथा गोष्ठी कार्यक्रममा नगर प्रमुख पोख्रेलले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका नगरवासीलाई प्राथमिक्तामा राखेर स्थानीय सरकारले घर घरमै सेवा पुर्याउने उद्देश्यका साथ अभियान सञ्चालन गरेको अहिले त्यसलाई थप प्रभावकारी बनाउन कृषि मेलामा सहभागी हुन नगरका कृषक समुह , विभिन्न फर्म हरुलाई नगर प्रमुख पोख्रेलले सबैमा आग्रह गर्नुभयो ।
उहाँले बढीभन्दा बढी नगरबासी कृषकलाई लाभ लिन अनुरोध गर्दै नगरबासीको कृषि तथा पशुधन सुरक्षामा स्थानीय सरकार गम्भिर भएको बताउनुभयो । कार्यक्रममा नगर उप प्रमुख आशा शर्मा शिवाकोटी, प्रशासन शाखाका प्रमुख विवेक भण्डारी, योजना शाखा प्रमुख जमुना कटुवाल, कृषि शाखा प्रमुख यदुनाथ उप्रेती, वडा न १ का वडा अध्यक्ष शुसिलकुमार पोख्रेल, ८ का वडा अध्यक्ष लीला बहादुर कटुवाल लगायतले आआफ्नो धारणा राख्नु भएको थियो।
कार्यक्रममा सहभागी कृषकहरुले नगरले कृषि छेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए । वडाका वडा सदस्यहरु निर्मला खड्का, हरिकुमार राई, संगीता लुवागुन, दल बहादुर थापालगायत सहभागी रहेकोे कार्यक्रमको सन्चालन कारितास नेपालका कृषि प्राविधिक कट्टेलले गर्नुभएको थियोे ।

