अर्थ

चर्को व्याज असुल्ने बैंक तथा वित्तीय संस्था नेकपाको निशानामा, अटेर गर्नेलाई कारबाही गर्ने चेतावनी

प्रविण अधिकारी
झापा ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पुर्वको मेची ब्युरो अन्तर्गतका झापा, इलाम र पाँचथर जिल्लामा रहेका बैंक , लघुवित्त तथा वित्तीय संस्थाहरुको निग्रानी बढाएको छ।

पछिल्लो समय लघुवित्त तथा वित्तीय संस्थाहरुले नियमविपरीत चर्को ब्याजमा ऋण लगानी गर्ने गरेको र समयमा किस्ता बुझाउन नसकेपछि विभिन्न धाक तथा धम्की दिएको भन्दै पीडितले पार्टीमा उजुरी गरेका थिए।

केही समयदेखि पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीको नेतृत्वको टोलीले प्रत्यक्ष जनतामाझ गएर जनताका समस्या तथा गुनासो बुझिरहेको थियोे ।

जनताको समस्या सहित यतिबेला पार्टीका नेताकार्यकर्ता वित्तीय संस्थाका कार्यालयहरुमा पीडित सहित छलफल गरिरहेका छन्, भने जनता ठग्ने बैंक तथा वित्तीय संस्थाहरु नसच्चिए कारबाही गरिने ब्युरो इन्चार्ज सुमनसिंह सी ले चेतावनी दिएका छन्,।