संघ \संस्था

मेचीनगर : विद्युत समस्या समाधानका लागि पहल सुरू

मेचीनगर । झापाको मेचिनगर नगरपालिका १५ स्थित विभिन्न क्षेत्रमा रहेको विद्युत सम्बन्धि समस्या तत्काल समाधान गर्नका लागि नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अगुवाइमा पहल सुरू भएको छ ।

आज बिहान नगर प्रमुख बुढाथोकीको नेतृत्वमा वडा नं १५ का वडा अध्यक्ष गुणराज भट्टराई (राजन) , नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्र प्रमुख, भद्रपुर वितरण केन्द्रका प्रमुख, पुर्वधार विकास कार्यलय झापाका प्रतिनिधि सहितको टोलिले स्थलगत अनुगमन गर्दै तत्काल समस्या समाधानका लागि पहल थालिएको छ ।

योसंगै मेचीनगर १५ स्थित विभिन्न क्षेत्रमा विधुत अवरुद्ध हुने, केही स्थानमा विद्युत अपुग भई विस्तार गर्नु पर्नेलगायतका समस्या अब समाधान हुनेमा स्थानीय विश्वस्त भएका छन् ।