संघ \संस्था

उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा धुलावारीका नरेन्द्र खड्का तेस्रो पटक निर्वाचित

बाहुण्डाँगी । उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा धुलावारीका नरेन्द्र कुमार खड्का निर्वाचित भएका छन् । काठमाडौँमा बुधवार सम्पन्न महासंघको महाधिवेशनबाट कोशी प्रदेशका तर्फबाट कार्य समिति सदस्यमा निर्वाचित भएका हुन् । कोशी प्रदेशबाट कुल २७ मत मध्ये खड्काले सर्वाधिक ११ मत प्राप्त गरेका मेची उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष भूमि पौडेलले बताए ।
मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष खड्का धुलावारीका सफल युवा व्यवसायी हुन् । यस अघि दुई कार्यकाल बाणिज्य महासंघको केन्द्रीय सदस्य रहेका खड्का कोशी प्रद्रेशको संस्थापक अध्यक्ष समेत हुन् । उनले एक कार्यकाल कोशी प्रदेशको सफल नेतृत्व गरिसकेका छन् । साथै खड्का बाणिज्य महासंघको वर्तमान व्यापार मेला महोत्सव समितिको सभापति समेत हुन् । धुलावारी जेसीजका पूर्व अध्यक्ष खड्का् नेपाली कांग्रेसको राजनीतिक क्षेत्रमा समेत सक्रिय छन् । उनी तरुण दलको पूर्व जिल्ला अध्यक्ष हुन् । खड्काले विभिन्न संघ संस्थाको सफल नेतृत्व गरिसकेका छन् ।
मेची उद्योग बाणिज्य संघबाट यस अघि केशवराज पाण्डे पनि केन्द्रीय सदस्य बनेका थिए ।


यसैगरी कोशी प्रदेशबाट ताप्लेजुंगका तारानाथ घिमिरे र इटाहरीप्का टंक दुलाल निर्वाचित भएका बाणिज्य संघका कार्यकारी प्रमुख गोपाल बस्नेतले बताए ।

यसैगरी बाणिज्य संघकाका निर्वतमान अध्यक्ष ऋषी तिम्सिना भर्खरै कोशी प्रदेशको सदस्यमा निर्वाचित भएका छन् । पूर्व अध्यक्ष खड्कालाई विजय गराउन बाणिज्य संघका अध्यक्ष खेम प्रसाई, निवर्तमान अध्यक्ष ऋषी तिम्सिनासहितको टोली काठमाडौँ पुगेको थियो ।