मेचीनगर । नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा मेचीनगर-६ काँकरभिट्टा स्थित देवकोटा पार्कमा सामुहिक वृक्षरोपण गरेको छ ।

पछिल्लो समय मेचीनगरको गहनाको रूपमा विकशित हुँदै गरेको नयाँ पर्यटकीय गन्तव्य देवकोटा पार्कमा नयाँ बर्षको सुरूवातमा आज सामुहिक वृक्षरोपण गरिएको हो ।
नयाँ बर्ष २०८० लाई स्वागत गर्दै देवकोटा पार्क व्यवस्थापन समितिले पार्क परिसरमा सामुहिक वृक्षरोपण गर्दै शुभकामना आदानप्रदान गरेको छ ।

सामुहिक वृक्षरोपण तथा शुभकामना आदानप्रदान कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, झापा जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मी, मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, देवकोटा पार्कका पुर्व अध्यक्ष पुण्य खरेललगायले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मेचीनगर बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, लेखा अधिकृत राजन भेटवाल, मेचीनगर ६ का जनप्रतिनिधि, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति उमेश खरेल, प्राज्ञ सुभद्रा अर्याल, पत्रकार मोहन काजी, सन्तोष आचार्य, एमाले नेता डिल्लीराम घिमिरे, काँकडभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मीहरूको सहभागी रहेको थियो ।

देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेलको अध्यक्षता आयोजना भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष प्रविण बानियाँ र सञ्चालन सचिव फडिन्द्र घिमिरेले गरेका थिए ।


