मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं ८ वडा कार्यालयले सार्वजनिक स्थलमा सिसि क्यामेरा जडान गरेको छ ।
वडा कार्यालयले वडाबासीको सुरक्षाका लागि सार्वजनिक स्थलमा ३ लाखको लागतमा सिसि क्यामेरा जडान गरिएको जनाएको छ ।

मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमलाले वडामा शान्ति सुरक्षा कायम गर्न अहिले वडा कार्यालय आसपासका क्षेत्रसंगै दुईवटा चोकमा सिसि क्यामेरा जडान गरिएको बताए । उनले पहिलो चरणमा वडाकाे प्रतिभा चोक र सालघारी चोकमा २४ सै घण्टा चालू रहनेगरी सिसि क्यामेरा राखिएको बताए ।


