राजनीति

एमाले मेचीनगर : पूर्व सांसद मैनालीलाई दुर्व्यवहार गर्ने ओलीलाई कार्वाहीको लागि सिफारिस

मेचीनगर । कोशी प्रदेश सभाका पूर्व सदस्य एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीलाई अभद्र व्यवहार गरेको भन्दै भुपाल ओलीलाई कार्वाहीको लागि नेकपा एमाले मेचीनगर कमिटीले जिल्ला कमिटीलाई सिफारिस गरेको छ ।

मैनालीलाई एमाले जिल्ला कमिटी सदस्य समेत रहेका ओलीले बुधबार विहान दुर्व्यवहार गरेका थिए । द्रोणचार्य क्षेत्रीको ३० औं स्मृति सभामा सहभागी हुन मैनाली खानेपानीको सभाहल जाने क्रममा ओलीले अभद्र व्यवहार गरेका थिए ।

दुर्व्यवहार गर्ने ओलीलाई मेचीनगर कमिटीले कारवाहीका लागि जिल्ला कमिटीमा सिफारिस गरेको मेचीनगर अध्यक्ष राजु पोख्रेलले जानकारी दिए । उनका अनुसार बिहिवार एमाले मेचीनगर कमिटीको सचिवालय बैठकले ओलीलाई कारवाही गर्दै पदमुक्त गराउन सिफारिस गरेको बताए ।

त्यसै सोही बैठकले पार्टीको बिधान विपरीत गतिविधि गरेको भन्दै एमाले स्थानीय नेता तथा मेचीनगर-१३ का वडाध्यक्ष कृष्णराज सिग्देललाई ६ महिनाको लागि पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको जनाएको छ ।

बैंककमा एमाले केन्द्रीय सदस्य रविन कोईराला, मीना पोख्रेल उप्रेती, प्रदेश कमिटी सदस्य गोपालचन्द्र बुढाथोकी, बिष्णु प्रसाईंलगायतको नेताहरको सहभागीता रहेको थियो ।