मनोरञ्जन

नायक उत्तम प्रधानले ‘दर्पण छायाँ’को सिक्वेल बनाउने

झापा । नेपाली चलचित्र जगतका सुपरस्टार ‘दर्पण छायाँ’का नायक उत्तम प्रधानले दुई दशक पछि पुनः सिक्वेलको रुपमा उही नाम दिएर नयाँ सिनेमा बनाउने भएका छन् ।

दर्पण छायाँ, लहाना, साइनो, मलाई माफ गरिदेउ, मितीनीलगायत ३ दर्जन बढी नेपाली चलचित्र खेलिसकेका अभिनेता उत्तम प्रधानले आफ्नो सुपरहिट चलचित्र दर्पण छायाँको सिक्वेल चाडैं बनाउने तयारी रहेको बताए ।

एक दशक नेपाली चलचित्र जगतबाट टाडा रहेका भारतको सिक्किम निवासी नायक प्रधानले पुन: नेपाली दर्शक र  सिनेमाको मायाले तानेको बताए ।

सिक्किमको चलचित्र विकास बोर्डमा अध्यक्ष भएर ५ वर्षे कार्यकाल पूरा गरेका प्रधानले शुक्रबार झापाली पत्रकारसंग काँकरभिट्टामा कुराकानी गर्दै ‘दर्पण छायाँ पछि फेरि` चलचित्र नेपाली दर्शकमाझ ल्याउन लागिएको बताए ।

दर्शकको भरपुर साथ र माया पाउँदा पाउँदै पनि विविध कारणले नेपाली चलचित्रबाट टाढा हुनुपर्दा आफू दुःखी भएको बताउँदै उनले अब फेरि दर्पण छायाँको सिक्वेलबाट जोडिन लागेको जनाए ।

श्रीमती संगीता प्रधानसंगै झापाको काँकरभिट्टा आएका उनले आवश्यकता अनुसार आफू सिक्किमको राजनीतिमा समेत जाने बताएउँदै बर्षमा एउटा मात्रै भएपनि नेपाली चलचित्र निर्माण गर्ने बताए ।