झापा । गायक सुजन शिवाकोटीको स्वर रहेको भुक्के चप्पल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक स्वयमकै शब्द तथा संगीत रहेको छ ।
निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित दारीबा, शारदा गिरी कालीबुढी, नबिना शिलवाल खुईलीको अभिनय रहेको छ ।

भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो । जसले प्रेम, कमेडी, लगायतका विषयबस्तुलाई समेटेको छ । भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन लोकप्रिय सम्पादक मिन रावलले गरेका हुन् ।
युवा उद्यमी समेत रहेका गायक शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

कलाकारितामा राम्रो झुकाव हुँदा हुँदै पनि गरिबी र बाध्यताका कारण परदेशिन विबश बनेका गायक शिवाकोटीले गायन र कलाकारिताका माध्यमबाट समाजमा केही गरेर देखाउन खोजेको हुटहुटीका कारण उनी मलेसियाबाट छोटो समयमा नै फर्किएर आफ्नै मुलुकमा केही गरौँ भन्ने उदेश्यले व्यबसायमा पनि सक्रिय छन् । भिडियो हेर्न तलको लिङ्कमा जानुहोला ।

