स्वास्थ्य

सुत्केरीको बिर्तासिटीको भेन्टिलेटरमा उपचार हुँदै

बिर्तामोड । मृत्यु भइसकेको भनिएको सुत्केरीको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । बिर्तामोड १ कि २७ वर्षीया सुत्केरी सिर्जना संग्रौलाको अहिले बिर्तासिटीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ ।

सुत्केरीको क्रममा कुनै समस्या नदेखिए पनि चिकित्सकले जिम्मेवार पूर्ण डिउटी नगरेका कारण भेन्टिलेटरमा पुराउनु परेको परिवारको भनाई छ । सुत्केरी अवस्थामा प्रेसर बढ्न दिनु हुदैन थियो, उनीहरु भन्छन् – ‘चिकित्सकले राम्रो हेरचाह नगर्दा बे्रेनमा रगत जमेर समस्या आयो । अझै केहि आशा बाँकी छ ।’

गत साउन २७ गते संग्रौालाई मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । विरामीको अवस्था गम्भीर बनेपछि विर्तासिटीमा पठाएको दाई टुरुप संग्रौलाले जानकारी दिए ।

उपचारका लागि काठमाडौं लैजाने तयारी भए पनि भेन्टिलेटरबाट बाहिर झिक्न साथ सुत्केरीलाई थप समस्या हुने बुझिएको छ ।