मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगरको सफत ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जितेन्द्र बुढाथोकी नेतृत्वको नयाँ कार्य समितिले आगामी तीन बर्षका लागि कर्मचारी एशोसिएसनको सफत ग्रहण तथा पदभार ग्रहण गरेका छन् ।
साउन २६ गते सम्पन्न नगरपालिका कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगरको ९ औं अधिवेशनबाट निर्वाचित तथा सर्वसम्मत चयन भएका नयाँ पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगरका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, अतिथिहरु महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, खाद्य विश्लेशक दिपक कार्की, लेखा अधिकृत राजन भेटवाललगायतले प्रमाणपत्र र खदा पहिराएर आगामी कार्यकालको लागि स्वागत गरेका थिए । त्यस्तै निवर्तमान अध्यक्ष रविनशन थापामगरले नयाँ कार्यसमितिका अध्यक्ष जितेन्द्र बुढाथोकी नेतृत्वलाई पदहस्तान्तरण गरेका थिए ।
नगरपालिका कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगरमा अध्यक्ष बुढाथोकी, उपाध्यक्षमा भवानी प्रसाद सिटौला सचिवमा आयुसमान निरौला, सहसचिवमा नरमाया निरौला ९निर्मला० र कोषाध्यक्षमा सुनिता सोरेन छन् । त्यस्तै सदस्यहरुमा बिपिन काफ्ले, मदन भण्डारी, फकिरा मल्लिक, सरोज कुमार खनाल, लुना दाहाल, अनन्त दाहाल, रिना बस्नेत, मेनुका कार्की, जय बहादुर दाहाल, डम्बर कुमारी थापा, बिष्णु कुमार थापालगायत २१ सदस्यीय रहेका छन् ।

