मेचीनगर । लियो क्लब अफ मेचिनगरको अध्यक्षमा आशिष पौडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्लबको तेस्रो अधिवेशनले पौडेलको नेतृत्वमा बर्ष २०२३/०२४ को लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

क्लबकाे प्रथम उपाध्यक्षमा भावना पोख्रेल, द्वितीय उपाध्यक्षमा संगम बराल, तृतीय उपाध्यक्षमा मन्जु चिमरीया, सचिवमा यदुनाथ कार्की (अर्जुन), कोषाध्यक्षमा अभिषेक श्रेष्ठ र सह-कोषाध्यक्षमा अर्जुन गौतम निर्वाचित भएका छन् । २६ सदस्यीय रहेको क्लबको सदस्यमा अभिषेक दवाडी, निकेश न्यौपाने, विरू मेचेलगायत रहेका छन् ।
लायन्स क्लब अफ मेचीनगरका पुर्व अध्यक्ष सन्तोष आचार्यको प्रमुख आतिथ्य रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन मैनाली, लियो क्लब एडभाइजर नवराज प्रधान, दिनेश पोख्रेललगायतको आतिथ्य रहेको थियो ।
लियो क्लब अफ मेचिनगर बर्ष २०२२/०२३ काे अध्यक्ष सन्तोष धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन सचिव मन्जु चिमरीयाले गरेकी थिइन् ।

