मेचीनगर। कर्मचारीका कारण आम नगरबासीले धेरै दुःख पाएको भन्दै मेचीनगर नगरपालिकाका वडाध्यक्षहरु त्यसको बिरोधमा उत्रेका छन् । मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, वडा नं १० का वडाध्यक्ष नारायण खनाल र वडा नं १३ का वडाध्यक्ष कृष्ण सिग्देलले आज नगरपालिका परिसरमा पत्रकार सम्मेलन गर्दै केहि कर्मचारीको राजनीतिले लामो समयदेखि आम जनताले दुःख पाएका बताए ।

जनप्रतिनिधिहरु जनताको सेवा गर्न आएको बताउँदै वडाध्यक्षहरुले कर्मचारीका गलत नियतले जनताले दुःख पाउने कुरा सहन नसकिने बताए । वडाध्यक्षहरूले ८ बुँदे विभिन्न प्रश्नहरू उठाएका छन् । त्यसको उत्तर ४८ घण्टामा कर्मचारीहरूले दिनु पर्ने उनीहरुको भनाई छ ।
हामी त्यसै वडाध्यक्ष भएका होइनौ, लामो संघर्ष पछि जनताले जिताएर बनाएका हुन, मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले भने, हाम्रो कुरालाई अब पनि कर्मचारीले बेवास्ता गरे ति कर्मचारीलाई नछाड्ने उनको भनाई छ । उनले कर्मचारीका कारण नगरपालिकामा जनप्रतिनिधि नै असफल हुने अवस्था सृर्जना भएको बताउँदै अब त्यस्तो हुन नदिने चेतावनी दिए ।

नगरपालिकामा केही कर्मचारीका कारण अत्यन्तै दुःख पाएको वडा नं १० का वडाअध्यक्ष नारायण खनालले बताए । उनले अब पनि कर्मचारी नसुध्रे सहेर नबस्ने उनको भनाई छ ।
नगरपालिकामा जनप्रतिनिधिले निर्णय गरेको कुरा पनि जिम्मेवार कर्मचारीले अट्टेरी गर्दा लागू नहुने गरेको वडा नं १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए । उनले भने जनताको कार्यालय नगरपालिकामा सबैकुरा पारदर्शी हुनु पर्छ ।
पत्रकार सम्मेलनमा मेचीनगर ४ को हात्ति मैत्री किसान समुहका सदस्य देवी प्रसाद आचार्यले सब्जी खेतिको पैसा ५ महिना बितिसक्दा पनि लेखाले नदिएको बताए । त्यस्तै मेचीनगर ४ कै निता थापाले नगरपालिकामा दशौं पटक आउदा समेत काम नहुने गरेको दुखेसो बताइन् ।

