राजनीति

रास्वपा सभापति गौतमलाई मातृ शोक

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर सभापति कमल गौतमलाई मातृ शोक परेको छ । मेचीनगर-२ बौद्धमोड निवासी गौतमकी ममातमयी माता ६५ बर्षीय डम्बरमाया गौतमको बुधबार राती स्वार्गारोहण भएको हो ।

२०१५ सालमा जन्म भई २०८० साल भदौं २० गते बुधबार राती ११ बजे निधन भएको पारिवारीक स्रोतले जनाएको छ । स्व. डम्बरमायाको दुई छोरा र दुई छोरी रहेका छन् । जसमा रास्वपा सभापति कमल कान्छा छोरा हुन । जेठा छोरा याम गौतम वैदेशिक रोजगारमा छन् ।

स्व. डम्बरमायाको पार्थिव शरिरलाई आज दिनको मध्यान्न १२ बजे स्थानीय निन्दा खोलामा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् ।