मेचीनगर । नेपाल खेलकुद महासङ मेचिनगर कमिटीद्वारा आठौं संविधान दिवसका अवसरमा आज काँकरभिट्टामा नेपालको राष्ट्रिय झण्डात्तोलन गरेको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा मेचिनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले गरेकी थिइन् ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा नेपाल खेलकुद महासङ कोशी प्रदेश इन्चार्ज चन्द्र प्रसाईं, एमाले जिल्ला कमिटी सदस्य तथा झापा जिल्ला खेलकुद बिकास समितिका पुर्व अध्यक्ष डिल्लीराम घिमिरे, काँकरभिट्टा बहुमुखी क्याम्पस प्रमुख लक्ष्मी उप्रेती, नेपाल खेलकुद महासंघ जिल्ला सदस्य गणेश कार्की, नगर ईन्चार्ज दावा तामाङ, राष्ट्रीय युवा संघ नेपाल जिल्ला कमिटि सदस्य विवेक खवास, श्याम सिवाकोटी, सञ्जय मेचे, मान बहादुर तामाङ, लक्षु बाँनीया, गोपाल बुढाथोकी, नगर अध्यक्ष शुनिल राजवंशीलगायको उपस्थिति रहेको थियो ।
नेपाल खेलकुद महासंघ मेचीनगर कमिटि अध्यक्ष सञ्जय तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मदन भण्डारीले गरेका थिए ।

