शिक्षा

आन्दोलनरत शिक्षकहरुको जायज माग सरकारले यथाशिघ्र सम्बोधन गर्नुपर्छ : अध्यक्ष ओली

झापा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बुधबारदेखी अनिश्चतकालीन रुपमा विद्यालय बन्द गरेर सडक आन्दोलनमा उत्रीएका सामुदायीक विद्यालयका शिक्षकहरुको आन्दोलन प्रति समर्थन जनाएका छन् ।

बिहिबार गृह जिल्ला झापाको आफ्नै नगर दमकमा राष्ट्रिय यूवा सघं नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आन्दोलनरत शिक्षकहरुको जायज मागहरु सरकारले यथाशिघ्र सम्बोधन गर्नुपर्ने उनको भनाई छ । उनले देशैभर आन्दोलनरत शिक्षकहरुको जायज मागहरु पुरा गरी सरकारले शिक्षकहरुलाई विद्यालय पठाउने वातावरण बनाउनुपर्ने बताए ।

शिक्षक वर्गहरु सुझ बुझ भएरै काठमाडौंमा आएर आन्दोलन गरेको हुनाले बौद्धिक वर्गले गरेको आन्दोलनमा सरकार मुकमदर्शक बन्न नहुने उनको भनाई छ ।

उनले तत्काल पुरा गर्न सकिने मागलाई अहिले नै र पछि सम्बोधन गर्दा हुने मागलाई पछि गर्ने सर्तमा आन्दोलनरुत गुरुहरुप्रति सम्मान पूर्वक माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।

देशभरीका शिक्षकहरुले देशको शिक्षा क्षेत्र सुधार गरौ, आफ्नै देशमा पढ्न पाउने र काम गर्न सक्ने गरिको वातावरण बनाउ सरकार भन्दा ती मागहरुलाई सरकारले बेवास्था गर्न नहुने उनको तर्क थियो ।

गठबन्धनको सरकार खाली भागबण्डा र कुर्सीको स्वार्थमा व्यस्त रहेको बताउँदै उनले अहिलेको सरकारले जनअपेक्षा कुनैपनि कार्य नगरेको आरोप लगाए । साथै उनले अहिले सरकारप्रति आम नागरिकको अपेक्षा निराशामा परिणत भएको बताए ।