मिलन भट्टराई
कमल । मेरो विचारमा वास्तवमा शिक्षक र प्रहरी प्रशासन सेनालाई देशकै सबैभन्दा उत्कृष्ट सेवा सुबिधा दिनुपर्ने हो किनभने शिक्षक हाम्रो देशको भविष्य हुन्। भने प्रहरी प्रशासन हाम्रो देश र जनताको सुरक्षा गर्नुहुन्छ।तर धेरैजसो शिक्षक र प्रहरी प्रशासन अहिले कुनै न कुनै राजनीति पार्टीका कार्यकर्ता भएको देखिन्छ ।
त्यस्ता शिक्षक र प्रहरी प्रशासनलाई बर्खास्त गरि जो शिक्षक र प्रहरी प्रशासनले आफ्नो कार्यक्षेत्रमा इमानदारीपूर्वक काम गर्नुहुन्छ। त्यस्ता देशभक्त शिक्षक र प्रहरी प्रशासनलाई देशकै सबैभन्दा उत्कृष्ट सेवा सुबिधा दिनुपर्नेमा मेरो पुर्ण समर्थन छ।
म ईमानदार शिक्षक र ईमानदार प्रहरी प्रशासनलाई सम्मान गर्दैछु। र उहाँहरूलाई उत्कृष्ट सेवासुबिधा होस्। तर नेताकार्यकर्ता शिक्षक र नेताकार्यकर्ता प्रहरी प्रशासनलाई विनम्र पुर्वक अनुरोध गर्दछु। तपाई आफ्नो पेशालाई बदनाम नगरी राजीनामा दिएर राजनीति गर्नु वा अन्य कुनै काम गर्नुहोस् तर देशभक्त शिक्षक र प्रहरी प्रशासनलाई बदनाम नगरौं । तर जो शिक्षक र प्रहरी प्रशासन आफ्नो आफ्नो पेशा बिर्सेर राजनीति पार्टीको झोले भएको छ। त्यस्तालाई बर्खास्त गरौं।

