संघ \संस्था

मेचीनगर : नदिजन्य सामग्री निकाल्न नपाईने

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले तत्कालका लागि नदिजन्य सामग्री उत्खनन गर्न रोक लगाएको छ । नगरपालिकाले सूचना जारी गर्दै नगरक्षेत्रका नदिहरुको आइईई अध्यावधिक गर्ने कार्य चलिरहेकाले अर्को सूचना जारी नभएसम्मका लागि नदिजन्य सामग्री उत्खनन नगर्न भनेको छ ।

आइईई प्रतिवेदन अध्यावधिक नभएसम्मका लागि मेचीनगरका नदिहरुबाट ढुंङ्गा, गिटि, वालुवा लगायतका नदिजन्य सामग्री निकाल्न नगरपालिकाले पूर्ण रुपमा रोक लगाएको हो ।

river-1696473856.jpeg