मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधि बिच समन्वयकारी सम्बन्ध कायम गर्ने उदेश्यले एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरको आयोजनामा नगरपालिकाको सभा हलमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा नगरमा कार्यरत कर्मचारी र नगरका कार्यवाहक नगर प्रमुखदेखि विभिन्न वडाका वडाध्यक्षहरूको सहभागीता रहेको थियो ।

कार्यवाहक नगर प्रमुख हृदय राजवंशीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मी, बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती मेचीनगर २ का वडाध्यक्ष दिपक बराल, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, मेचीनगर १२ का वडाध्यक्ष मधु निरौला, नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति कोशी प्रदेश अध्यक्ष त्रिलोचन पौडेललगायता अतिथिहरूले बोलेका थिए । उनीहरूले बोल्दै जनप्रतिनिधि र कर्मचारी मिलेर जनताको सेवामा समर्पित हुनुपर्ने धारणा राखेका थिए ।
बिगतमा जुनसुकै कारणले जोसुकैले जेजस्तो कमि कमजोरी गरेको भएता पनि अब आयिन्दा मेचीनगरमा त्यस्तो कमजोरी स्विकार्य नहुने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरका निवर्तमान अध्यक्ष रविनसन थापामगरलगायतको आतिथ्य रहेको थियो ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगर उपाध्यक्ष भवानी प्रसाद सिटौलाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रम सञ्चालन सचिव आयुसमान निरौलाले गरेका थिए ।

