झापा । आज कात्तिक ७ गते मंगलबारको फलादेश यस्तो रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेम्णा सफलतां प्राप्स्यसि। मातापितृणां वा विशिष्टानां जनानां वा समर्थनेन कार्यं सम्पन्नं भविष्यति।
प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामान्यतया कलहेषु, वादविवादेषु च फसितुं न हितकरं, मुकदमेषु, दैनन्दिनकार्येषु च आव्हानानां सामना कर्तव्यः भवति ।
सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सन्तानक्रियायां सामान्यसमस्याः दृश्यन्ते । ज्ञातव्यस्य गुरुस्य वा साहाय्येन आत्मविश्वासः वर्धते ।
सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिने छन । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्ये प्रयासे च विलम्बेन सफलतां प्राप्तुं शक्यते। गृहे बहुकालं व्यतीतव्यं भवति।
कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनुपर्ने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिकसामाजिकप्रतिष्ठा निर्वाहयितुम् निवेशस्य समयः आगतः। भ्रातृभगिनीनां साहाय्यं ग्रहीतुं शक्यते।
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
वस्त्राभरणादिक्रयणार्थं योगः अस्ति। निवेशस्य निवेशस्य च वातावरणं नूतने स्थाने निर्मितं भविष्यति।
वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिकेषु गृहकार्येषु च त्वरितम् एव कर्तव्यम् इति भाति। भोजनसमये परिवर्तनं भवितुं शक्नोति।
सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । खानपिनको समयमा फेरबदल हुनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यस्मिन् कार्ये स्थायिलाभः भविष्यति तस्मिन् निवेशः वर्धयितुं शक्यते। पतिपत्नीसम्बन्धे कटुत्वं द्रष्टव्यम्।
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । पति÷पत्नीका बीचमाको सम्बन्धमा तितोपन देखिने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनः सुखी भविष्यति। विश्वासस्य पराक्रमस्य च वृद्धिः भविष्यति। कारखानेषु व्यापारे च लाभः भविष्यति।
मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा बृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यथा समाजस्य नेतृत्वं ग्रहीतुं समयः अस्ति, तथैव सामाजिकक्षेत्रात्, कार्यात् च भवन्तः सम्मानं प्राप्नुयुः। मित्रैः सह मिलनस्य सम्भावना अस्ति।
समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनः अध्यात्मं दर्शनं च प्रति आकर्षितुं शक्यते। परोपकारविचाराः आगमिष्यन्ति, तथैव प्रेम्णः भ्रातृत्वस्य च पुनरुत्थानस्य अवसरः भविष्यति।
अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्नसक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वाक्विपर्यय इत्यर्थः स्यात् । शरीरं गुरुं भविष्यति, मनः अस्थिरं भविष्यति इति लक्षणम् । आलस्यस्य श्रान्तस्य च भावः भविष्यति।
बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने सङ्केत छ । आलस्य र थकानको अनुभूति हुनेछ ।
ज्योतिषी : पं श्री सीताराम तिमल्सेना, श्रीहरि भक्ती फाउन्डेसन नेपाल सम्पर्क 9844639228/9818234776

