संघ \संस्था

नवनिर्वाचित अन्तराष्ट्रिय झापाली समाजलाई एकका लागि एक अभियानको सम्मान

बिर्तामोड। कोभिडका बेला झापामा अक्सिजन र खाद्यान्न सहयोगका उद्धेश्यले सुरु गरिएको एकका लागि एक अभियानका तर्फबाट अन्तराष्ट्रिय झापाली समाजका नवनिर्वाचित कार्यसमितिलाई मंगलबार स्वागत सम्मान गरिएको छ ।

एकका लागि एक अभियानका संयोजक तथा सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रप्रसाद गिरी, सहसंयोजक तथा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, लगायातमका एकका लागि एक अभियानकर्मीका तर्फबाट विशेष कार्यक्रमका विच सम्मान गरिएको हो । चारपानेस्थित सहारा नेपालको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले अन्तराष्ट्रिय झापाली समाजले कोरोना कहरले झापाका गरिब परिवारको जनजिवन अस्तव्यस्त भएको बेला खाद्यान्न सहयोग र अक्सिजन प्लान्टको स्थापना गर्नका लागि नगद २५ लाख रुपैँया आर्थिक सहयोग गरेको बताउँनुभयो ।

साथै एकका लागि एक अभियानमा अझैपनि ८० लाख बढी रकम मौजात रहेको भन्दै कम्तिमा ५ करोडको अक्षयकोष स्थापना गरि विपतका बेला खाद्यान्न सहयोग लगायातका काम गर्ने लक्ष्य रहेको बताउँनुभयो । एकका लागि एक अभियानले कोरोना कहरका बेला पिसिआर, खाद्यान्न बितरण, अक्सिजन प्लान्ट, रक्तबैँक लगायातका कामहरु गरेको समेत जानकारी दिनुभयो । यस अभियानमा जम्मा ४ करोड रुपैँया स्वदेश तथा विदेशबाट संकलन भएकोमा ३ करोड २० लाख रुपैँया खर्च भई अहिले ८० लाख रुपैँया बचत रहेको महेन्द्र गिरीले बताउँनुभयो । अन्तराष्ट्रिय झापाली समाजले विदेशमा रहेर पनि स्वदेशी झापाली उत्पादनलाई उपभोग गरिदिने र स्वदेशमा उद्योगधन्दा स्थापनमा लगानी लगाउनका लागि समेत अनुरोध गर्नुभयो ।

यता स्वागत कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गानाले कोरोना कहरमा बेला झापामा एकका लागि एक अभियान झापालीका लागि सन्जिवनी बुटी बनेको भन्दै आगामी दिनमा समेत यस्ता कार्यक्रममा अन्तराष्ट्रिय झापाली समाजको सहकार्य रहने र अन्य लगानीका क्षेत्रमा समेत सहकार्य गर्न विदेशमा छरिएर रहेका झापालीहरु तयार रहेको बताउँनुभयो । ढुङ्गानाले झापा गोल्डकप लगायातका क्षेत्रमा समेत सहकार्य गर्न समाज तयार रहेको बताउँदै यसका लागि झापाली समाज सदैव तयार रहेको बताउँनुभयो ।

कार्यक्रममा एकका लागि एक अभियानका सह संयोजक विनोद बस्नेतले अभियानले झापामा गरेका कामहरुका बारेमा प्रकाश पार्नुभएको थियो । भने अभियानका तर्फबाट बिर्तामोड उवासंघका पुर्व अध्यक्ष कुमार भट्टराई, पत्रकार सहासंघ झापाका अध्यक्ष एकराज गिरी, सन्तोस अग्रवाल लगायातले एकका लागि एक अभियानले कोरोना कहरमा झापाली जनतामा गरेको योगदान र अन्तराष्ट्रिय झापाली समाजको सहयोगका वारेमा बोल्नुभएको थियो ।

यसैविच झापा गोल्डकप र पत्रकार महासंघ झापाका तर्फबाट समेत नवनिर्वाचिन अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गाना, बरिष्ठ उपाध्यक्ष महेन्द्र चम्लगाई, महासचिव नविन पोखरेल, अन्तराष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष तथा हालै नवनिर्वाचित गैह आवशाीय नेपाली संघ ओसिएनका संयोजक दिनेश पोखरेल लगायातलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेलले झापामा विदेशीएका झापालीहरुले लगानी र सहयोगका क्षेत्रमा काम गर्न इच्छुक रहेको बताउँनुभयो । कार्यक्रमको संञ्चालन पत्रकार केशव भट्टराईले गर्नुभएको थियो ।

यता झापा गोल्डकपका तर्फबाट अन्तराष्ट्रिय झापाली समाजलाई प्रोपोजल समेत अध्यक्ष विनोद बस्नेतले समाजका अध्यक्ष ढुङ्गानालाई हस्तानतरण गर्नुभएको थियो ।