मेचीनगर । धुलाबारी बजार आसपास मेचीनगर-१० वडा अन्तर्गत अव्यवस्थित तारलाई व्यवस्थित पार्न मेचीनगर-१० का जनप्रतिनिधिहरूले चासो देखाएका छन् ।
मेचीनगर-१० का वडाध्यक्ष नारायण खनालले आज वडा कार्यालयमा वडा सदस्यहरु सोम ओझा, विशाल कार्कीलगायतका जनप्रतिनिधि संगै वडाको मेलमिलाप कर्ता,विधुत प्राधिकरण, नेपाल टेलिकम, विभिन्न ईन्टरनेट कम्पनि,केवल,डिस होमका प्रतिनिधिसंग छलफल गरेको छ।

छलफलवाट सम्वन्धित कम्पनीहरुले अव्यवस्थित तारहरुलाई छठ पछि व्यवस्थित गर्न सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेकोे वडाध्यक्ष खनालले जानकारी दिए ।

