संघ \संस्था

राज्यले प्राथमिकतामा नराखेको काँकरभिट्टा ट्राफिक पोष्ट समुदायस्तरबाट बन्दा हर्षित छु : ट्राफिक प्रहरी प्रदेश प्रमुख पौडेल

मेचीनगर । कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेलले घटना घटेपछि मात्रै त्यस बिषयमा चासो दिने परिपाटीले गर्दा नेपालमा थोरै पहल गर्दा न्यूनिकरण हुने घटनाहरु पनि बिनास भएर आउने गरेको बताएका छन् । राज्यले प्राथमिकताको आधारमा कार्ययोजना अगाडी बढाउन नसक्दा बिशेषगरी ट्राफिक दुर्घटना न्यूनिकरण व्यवस्थापनमा समस्या हुने गरेको उनको भनाई छ ।

पछिल्लो समय सवारी साधानको उच्च चाप र बढ्दो जनघनत्वले सवारी दुर्घटना अत्याधिक हुने गरेको छ । तर, घटना नघटुनजेल राज्यले खासै चासो नदिने परिपार्टीले गर्दा ट्राफिक प्रहरीले मात्रै लागी परेर सवारी दुर्घटना पूर्ण रुपमा न्यूनिकरण गर्न नसकिने उनको भनाई छ ।

समुदायस्तरबाट मेची सामुदायिक सेवा केन्द्रको नेतृत्वमा निर्माणधिन काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टकोअवलोकनका लागि काँकरभिट्टा आएका उनले राज्यले प्राथमिकतामा नराखेको काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टलाई मेचीनगरबासीले संरक्षण गर्दै आफ्नै भवनबाट सेवा प्रदान गर्ने वातावरण सुर्जना गर्नु प्रशंसनीय कार्य रहेको एसपी पौडेल बताउँछन् । साथै उनले कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय यस कार्यका लागि मेची सामुदायिक सेवा केन्द्र र ट्राफिक प्रहरी भवन निर्माणमा सहयोगी हातप्रति सधै आभारी रहने बताए ।

सिमा नाकामा ट्राफिक चुनौती धेरै छ । ट्राफिक प्रहरीले मात्रै ट्राफिक चुनौती न्यूनिकरण गर्न सम्भव देखिदैंन त्यसैले त्यसलाई न्यूनिकरण गर्न आफुहरुले सहयोग गरेको मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ती पौडेल बताउँछन् । उनले सानो घुम्तीमा बसेर डिउटी गरिरहेका काँकरभिट्टा ट्राफिक प्रहरीहरुले अब निर्माणधि भवन सम्पन्न भएपश्चात सहज रुपमा आफ्नो कर्म गर्न सहज हुने बताए ।