संघ \संस्था

एनएमसीले काम राम्रो गरेको छ : वडाध्यक्ष ओली

मेचीनगर । मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओलीले पुर्वकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्य सहकारी संस्था लि (एनएमसी) ले सदस्य लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आइरहेको बताएका छन् ।

शनिबार एनएमसी संस्था अन्तर्गत इटाभट्टा शाखाको ३१ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष ओलीले एनएमसीले सदस्यको हितमा उल्लेख्य कार्य गरिएको बताए । एनएमसीले सदस्यलाई बचत र कर्जामा मात्रै सिमित नबनाएको बताउँदै उनले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने कार्यमा समेत जोड्ने गरेको उल्लेख गरे ।

कार्यक्रममा संस्थाको पूर्व वरिष्ठ उपाध्यक्ष तथा जेष्ट नागरिक समिति संयोजक नारायण कोइराला, मेची क्षेत्रीय उपसमिति सदस्य बासु कोइराला र डेरी व्यवसाय संचालक समिति सदस्य रमा भण्डारीलगायतको आतिथ्य उपस्थिति रहेको थियो ।

इटाभट्टा शाखा सञ्चालक समिति संयोजक कुमार ठाकुरको अध्यक्षतामा सम्पन्न साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन सञ्चालक समिति सदस्य पवित्रा न्यौपानेले गरेकी थिइन् भने लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक रचना दाहालले प्रस्तुत गरेकी थिइन् । त्यस्तै संस्थाका बचत तथा ऋण व्यवसाय प्रमुख मनिष कोइरालाले संस्थाको ३१ औं वार्षिक साधारण सभाका विभिन्न एजेन्डाहरू प्रस्तुत गरेका थिए।

इटाभट्टा शाखा सञ्चालक समिति सदस्य केन्द्र कुमारी भण्डारीले स्वागत गरेको कार्यक्रम सञ्चालन इटाभट्टा शाखा कार्यालय प्रमुख रिता श्रेष्ठ प्रधानले गरेकी थिइन् ।