मेचीनगर । जिर्ण बन्दै गइरहेको पूर्वको धार्मिक तथा पर्यटकीय स्थल पातालगंगा मन्दिरको मुहार पुनः फेरिन थालेको छ । संरक्षणको अभावमा जिर्ण बन्दै गइरहेको पातालगंगा धाम अहिले मेचीनगर८ का वडा सदस्य तथा मेचीनगर सामाजिक समिति सदस्य बिष्णु भट्टराईको संयोजनमा मुहार फेर्ने कार्य भइरहेको हो ।
पातालगंगा मन्दिरलाई सौर्न्दर्यकरण गर्नको लागि आजबाट पाराम्भिक कार्य सुरु गरिएको भट्टराईले जानकारी दिए । आजबाट सुरु गरिएको रंगरोगन कार्यलाई साथ दिदैं रंग सौजन्य मेचीनगर ७ निवासी गौरामाया पौडेलले गरेको उनको भनाई छ । जनशक्ती व्यवस्थापन भने भट्टराई स्वयंमले गरेको बताए ।

भट्टराईको संयोजनमा मंसिर २९ गते शुक्रबारबाट सुरू भएको सरसफाइ अभियान समेत अहिले निरन्तर चलिरहेको छ ।

