मेचीनगर । मेचीनगर नगरपालिका नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन सम्पन्न भएको छ । फागुन २८ गते बुधवारबाट सुरु भएको मेचीनगर नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन चैत ७ गते बुधबार सम्पन्न भएको हो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न सभाले मेचीनगरको चालु आर्थिक बर्षको सुरुवातमा सञ्चालन भएका सम्पन्न गर्न बाँकी विकास निर्माण लगायत विभिन्न निति तथा कार्यक्रमहरु प्राथमिकतामा राखेको छ ।
सभाको समापन शत्रमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार विकास संयोजक चित्र धिमाल, मेचीनगर कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक संयोजक हृदय राजवंशीलगायत विधागत संयोजकहरुले आफ्नो शाखाको प्रगति विवरण प्रस्तुत गर्दै बाँकी रहेका कार्यक्रमहरु प्रस्तुत गरे । त्यस्तै वडाध्यक्षहरुले पनि आफ्नो वडाको योजना तथा कार्यक्रमका बारेमा जानकारी गराउँदै बाँकी रहेका कार्यक्रमहरु आवश्यकताको आधारमा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
सभामा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वडाध्यक्ष, कार्यापालिका सदस्य, वडासदस्यलगायत मेचीनगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

