मेचीनगर । नेकपा(माओवादी केन्द्र)निकट रिटर्नी सेन्टर नेपाल झापा जिल्ला समिति एक सम्मेलनका बीच गठन भएको छ । सुभाषचन्द्र मैनाली अध्यक्ष र प्रविण बानियाँ सचिव रहेको ३१ सदस्यीय समिति गठन भएको हो ।
झापाको बिर्तामोड स्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा कोशी प्रदेशका पुर्व मन्त्री तथा माओवादी नेता ईन्द्र आङ्बोको प्रमुख आतिथ्यता रहेको थियो । उक्त सम्मेलनले जिल्ला कमिटीका साथै विभिन्न समिति समेत गठन गरेको थियो ।यसै गरि झापाको दमकमा सेन्टरको प्रदेश कमिटीको सम्मेलन समेत सम्पन्न भएको छ ।

माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा सम्पन्न कोशी प्रदेश सम्मेलनले गणेश कालिकोटेको अध्यक्षतामा ३५ सदस्यीय प्रदेश कमिटी गठन गरेको बताईएको छ ।
चितवनमा सम्पन्न हुन गईरहेको सो सेन्टरको प्रथम केन्द्रीय सम्मेलनमा झापाबाट १८ जना प्रतिनिधि सहभागी हुनेछन् ।चैत्र ९—१० गते चितवनको भरतपुरमा हुने सेन्टरको प्रथम केन्द्रीय सम्मेलनको उद्घाटन सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने बताईएको छ ।

