राजनीति

एमालेले इलाम क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले आगामी बैशाख १५ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा इलामा क्षेत्र नं २ बाट सुहाङ नेम्वालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले बझाङको प्रदेश सभा १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिङ्गो पार्टी शक्ति नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन लाग्ने र अरू पार्टीलाई पनि एमालेका उम्मेदवारको पक्षमा सहयोग, समर्थन र सद्भावका लागि अपिल गर्ने निर्णय बैठकले गरेको बैठक पछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले देशको राष्ट्रिय हितको रक्षा र संवर्द्धनमा केन्द्रित भएर लाग्ने ठोस सङ्कल्प गरेको ज्ञवालीले बताउनुभयो । सरकार पनि त्यही हिसाबले कामलाई अझ बढी चुस्त, समस्या केन्द्रित र जनतामा आशा, भरोसा जगाउने गरी अघि बढोस् भन्ने शुभकामना बैठकले दिएको उहाँले जानकारी दिनुभयो ।