झापा । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएकाे अभियानमा उद्वार टाेलीले अाज मेचीनगर नगरपालिकाबाट उद्वार यात्राकाे थालनी गरेकाे हाे।
उद्वार यात्रामा उद्वार टाेली झापाकाे मेचीनगरदेखि शिवसताक्षी नगरपालिकाका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुकाे उद्वार सेवामा खटिएकाे हाे ।

अाज साेमबार ९ जना पुरुषसहित १ जना महिला सहित १० जना सहयाेगापेक्षी मानवहरुकाे उद्वार भएकाे छ । जसमध्ये मेचीनगर नगरपालिकाबाट ४ जना, बिर्तामाेड नगरपालिकाबाट २ जना, कन्काई नगरपालिकाबाट २ जनाकाे र शिवसताक्षी नगरपालिकाबाट २ जनाकाे उद्वार गरिएकाे हाे ।
उद्वार गरिएका सडकअाश्रित मानवहरुकाे अाज नै मानवसेवा अाश्रम झापाकाे बाहुनडाँगी सेवाकेन्द्रमा गृहप्रवेश गराइएकाे छ । साथै भाेलि मंगलबार माेरङ जिल्लाकाे पथरी, बेलबारी, विराटनगरमा उद्वार सेवा रहनेछ ।

