संघ \संस्था

मेचीनगर : बन्नेभयो भान्सा खोलामा कालोपत्रे बाटो

मेचीनगर । मेचीनगर ७ काँकरभिट्टा स्थित भान्सा खोला गाँउको बाटोमा कालोपत्रे हुने भएको छ । बिगत लामो समयदेखि ग्राभेल बाटोमा नै सिमित उक्त क्षेत्रको बाटोमा नगरपालिकाले प्राथमिकता दिँदै यसपटक कालोपत्रे गर्ने भएको हो ।

बिहिवार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, कार्यपालिका सदस्य तथा पुर्वाधार विकास समिति संयोजक चित्र धिमाल नगरपालिकाको ईन्जिनियर, ठेकेदार कम्पनीको प्रतिनिधिसहितले स्थलगत रूपमा नै पुगेर निरिक्षक गर्दै बाटोमा कालोपत्रे सुरु गरिने जनाइएको छ ।

भित्री बाटो भएपनि यस क्षेत्रमा विद्यार्थी बोक्ने स्कुलका बस, भेन, सुरक्षा निकायका गाडी, निजी सवारीसाधन र बलुवा, गिट्टी बोक्ने ट्याक्टरलगायत थुप्रै सवारीसाधन आवतजावत गर्ने गर्दैछन् ।

लामो समयदेखि ग्राभेल बाटोमा कष्टकर यात्रा गर्न बाध्य स्थानीय अब भने कालोपत्रे भएसंगै सहज हुने बताउँछन् ।

मेचीनगरले करिब १ करोड ५० लाखको लागतमा ९३६ मिटर दुरीको भान्स खोला बाटो १६ फिटको चौडाइमा कालोपत्रे गर्ने जिम्मा आर क्यु कन्ट्रक्सन प्रालि काठमाडौंलाई दिइएको छ । निर्माण कम्पनीले आगामी असार मसान्तसम्ममा उक्त बाटो कालोपत्रे गरिसक्नुपर्ने सम्झौता भएको छ । यता निर्माण कम्पनीका फिल्ड इन्चार्ज रामप्रसाद थपलियाले बाटो तत्कालै सुरू गरि समयमा नै सम्पन्न गरिने बताए ।