मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम जारी छ । सोमबार मेचीनगर १ नं वडाबाट सुरू भएको उक्त कार्यक्रम नगरको पन्द्रवटै वडामा सञ्चालन भइरहेको छ । यस्तै क्रममा आज मंगलबार वडा नं २ मा उक्त कार्यक्रम सम्पन्न भएको छ । नगरकै महत्त्वपूर्ण कार्यक्रम मध्येको अपाङ्गता Read More…
Year: 2024
अपाङ्गता भएका मानिसलाई अपहेलना हैन उनीहरूको क्षमताको आधारमा अवसर दिनुपर्छ : मन्त्री कार्की
मेचीनगर । कोशी प्रदेश सरकारका खानेपानी उर्जा तथा जलस्रोत मन्त्री एकराज कार्कीले अपाङ्गता भएका मानिसहरूलाई उनीहरूको क्षमताको आधारमा अवसर दिनुपर्ने बताएका छन् । समाजमा अझैपनि शारीरिक अशक्त र अपाङ्गता भएका मानिसहरूलाई हेर्ने दृष्टिकोण गलत रहेको बताउँदै उनीहरूलाई पनि अवसर दिने हो भने सफल हुने बताए । सोमबार झापाको मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, Read More…
झापा कप : आर्मी सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित
बिर्तामोड । त्रिभुवन आर्मी फुटबल क्लब बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल Read More…
मेचीनगर : भोलिबाट अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिने
मेचीनगर । मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य परीक्षण तथा परिचयपत्र वितरण शिविर भोलि पुष १ गतेबाट सञ्चालन हुने भएको छ । अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि प्रत्येक वडामा शिविर संचालन गर्न लागिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नी प्रसाद अधिकारीले जानकारी दिए । शिविरमा विशेषज्ञ चिकित्सक द्घारा स्वास्थ परिक्षण तथा आवश्यकता पहिचान तथा Read More…
झापा कप : झापा–११ पहिलो चरणबाटै बाहिरियो, राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टरफाइनलमा प्रवेश
बिर्तामोड । फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा ११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । झापा ११ पहिलापल्ट पहिलो चरणबाटै बाहिरिएको हो । स्टार खेलाडीले भरिएको झापा ११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो प्रिक्वाटर खेलमा आयोजक झापा ११ लाई २-० गोलअन्तरले पराजित Read More…
झापा कप: आज आयोजक झापा ११ र राजा क्लब इटहरी खेल्दै
झापा । प्रथम झापा कप २०८१ को दोस्रो खेल आज आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति ९राजा० क्लब इटहरीबीच हुँदैछ । यो सिजन बेलबारी गोल्डकपको विजेता बनेको झापा ११ घरेलु मैदानमा पहिलोपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ । इटहरी गोल्डकपको होम टिम राष्ट्रिय जागृति क्लब मोफसलको लयमा रहेको टिम भएकाले पहिलो जितको खोजीमा Read More…
झापा कप : उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब विजयी
झापा । झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । Read More…
बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक : मुख्यमन्त्री कार्की
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक रहेको बताएका छन् । शुक्रबारबाट झापाको मेचीनगरमा आयोजना भइरहेको रिडर्स फेस्टिबलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । नेपालको सिमावर्ती शहर काँकरभिट्टामा शुक्रबारबाट सञ्चालन भइरहेको तीनदिने रिडर्स फेस्टिबलको प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री Read More…
पत्रकार महासंघ झापाको अध्यक्षमा गिरी पुनः निर्वाचित
झापा। नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार गिरी १३१ मतका साथ विजयी भएको निर्वान अधिकृत शिरो सान्दाइले जानकारी दिए । गिरी बर्तमान कार्य समितिका अध्यक्ष समेत हुन् । अध्यक्षका प्रतिस्पर्धीहरु डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकाराम नेतीले ४ मत मात्र प्राप्त गरेका छन् Read More…
मेचीनगर : बन्नेभयो भान्सा खोलामा कालोपत्रे बाटो
मेचीनगर । मेचीनगर ७ काँकरभिट्टा स्थित भान्सा खोला गाँउको बाटोमा कालोपत्रे हुने भएको छ । बिगत लामो समयदेखि ग्राभेल बाटोमा नै सिमित उक्त क्षेत्रको बाटोमा नगरपालिकाले प्राथमिकता दिँदै यसपटक कालोपत्रे गर्ने भएको हो । बिहिवार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, कार्यपालिका सदस्य तथा पुर्वाधार विकास समिति संयोजक Read More…










