मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर १० मा बिहीबारदेखि वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुँदैछ । वडा खेलकुद विकास समिति मेनपा-१० काे आयोजनामा आयोजित प्रतियोगितामा मेचीनगरका १३ वटा वडाले प्रतिस्पर्धा गर्नेछन् ।
१५ गतेदेखि २० गतेसम्म स्थानीय नन्दा कोरिडोरमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने छ, भने उपविजेता टिमले नगद ३० हजार प्राप्त गर्ने मेचीनगर १० का जनप्रतिनिधि एवम् वडा खेलकुद विकास समिति संयोजक सोम ओझाले जानकारी दिए ।
पछिल्लो समय नेपाली समाजमा युवाहरू लागू औंषध दुर्वयसनी लगायतका गतिविधिमा फसिरहेको छन् । यस किसिमको क्रियाकलापबाट युवालाई जोगाएर स्वास्थ्य रहने वातावरण सृजना गर्नुका साथै वडाको खेलकुद गतिविधि बढाउँन पनि खेलकुद प्रतियोगिता सञ्चालन गरिएको उनले प्रष्ट पारे । उनका अनुसार प्रत्येक खेलको उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन् ।