शिक्षा

गर्मी बढेपछि कमल गाउँपालिकाका विद्यालय बन्द

झापा । अत्यधिक गर्मी बढेपछि झापाको कमल गाउँपालिकाका विद्यालय २ दिन विदा दिइएको छ ।

गाउँपालिका प्रमुख हुकुमसिंह राईले गर्मीका कारण पठनपाठनमा समस्या आएकाले दुई दिन विदा गरिएको जानकारी दिए ।

पालिकाको सूचना अनुसार बुधबार र बिहीबार दुई दिन पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने छन् । 

हाललाई दिइएको विदा वर्षे बिदामा मिलान गरिने उल्लेख छ । पछिल्लो केही दिनयता झापामा बढेको अत्यधिक गर्मीले जनजीवन नै प्रभावित बनाएको छ ।

गर्मी बढेसँगै झापाका अन्य पालिकाले समेत बिदा दिने तयारी गरेको बुझिएको छ ।