काठमाडौं, साउन २३ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ।
बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको कांग्रेसका एक नेताले जानकारी दिए । देशभर नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम चलिरहेका बेला कांग्रेसका शीर्ष नेताले सदस्यता दोब्बर बनाउने सहमति गरेका हुन्।
अहिले कांग्रेसमा करिब पाँच लाख क्रियाशील सदस्य छन्। अब पाँच लाख क्रियाशील सदस्य थपिनेछन्। पदाधिकारी बैठकमा भएको सहमतिलाई औपचारिकता दिन केन्द्रीय समिति बैठक बोलाउने नेताहरूले बताएका छन्।
छिट्टै केन्द्रीय समिति बैठक बसेर औपचारिक निर्णय हुने कांग्रेस सचिवालयले जनाएको छ ।

