इलाम, साउन २२ । विदेशमा रहेका नेपालीद्वारा शहीद माङतोक टोल विकास संस्थालाई आर्थिक सहयोग गरेका छन् । चुलाचुली गाउँपालिकामा २०७६ साल कार्तिक १ गते विधिवत रुपमा दर्ता भइ चुलाचुली गा पा वडा नं. १, कमलमा स्थापना भई समाजिक कार्य संगै विकास निर्माणका कार्यहरुमा पनि सक्रिय सहभागिता जनाउदै आएको छ ।
संस्थाले आर्थिक अवस्था कमजोर भएका, विरामी असक्त र असायहरुलाई आर्थिक सहायोग जुटाउन ठुलो भुमिका निर्वाह गर्दै आएको छ । सामाजिक कार्यमा सक्रिय रहेको कारण नै देश तथा विदेशमा रहेका नेपालीहरुले शहीद माङतोक टोल विकास संस्थाको कार्यालय व्यवस्थापनको लागि नगद तथा जिन्सी समानहरु सहयोग गरिरहेका छन् ।

संस्थाले अफिस व्यवस्थापनको लागि अफिस दराज १ थान, कम्प्यूटर टेवल १ थान, मकै छोडाउने ठुलो मेसिन (थे्रसर) एक थान र ५२ थान प्लाष्टिक कुर्सीहरु खरिद गर्नका लागि तपशील अनुसारको ब्यक्तिले आर्थिक सहयोग गरेका छन् ।
सहयोगी दाताहरुमा भक्त थाम्सुहाङ्ग कोरियाबाट नगद १० हजार, सलिनी शेर्मा (फागो) मलेसिया नगद १० हजार, नविन परियार कोरिया नगद ८ हजार ५००, दिलु फेम्बु लिम्बु लेवनानबाट नगद ५ हजार, योगिन थाम्सुहाङ्ग कोरिया नगद ३ हजार, सुक्कु एक्तेन कोरिया नगद ३ हजार, रेवत नेपाल मलेसिया नगद २ हजार ७५०, जसु फागो मलेसिया नगद २ हजार ७५० मिलन थाम्सुहाङ्ग मलेसिया नगद २ हजा ७५०, शुक्रराज फागो कोरिया नगद २ हजार र हस्तमान राई कोरियाबाट २ हजार, ज्ञानु फागो कोरिया नगद २ हजार, कुमार लाबुङ्ग कोरिया नगद २ हजार र भविन्द्र आङ्बो कोरियाबाट नगद १ हजार सहयोग गरेका छन् ।

समाजमा भएका अन्य सामाजिक कार्यहरुमा समेत विदेशबाट सहयोग प्राप्त भईरहको छ । जस मध्ये गतबर्ष कोरियामा रहने यस संस्थाक्षेत्र भित्रका युवाहरुबाट बाटो मर्मत सम्भारको लागि नगद १ लाख साथै सोही टोल विकास क्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएको शुक्रराज केरुङ्गको छोरा अनिस केरुङ्गको उपचारको लागि जम्मा नगद रु ३ लाख २० हजार सहयोग प्राप्त भएको यस टोल विकासको कोषाध्यक्ष आइतरानी फागोले वताउनु भयो ।
यस संस्थाका सचिव विष्णु सिटौलाले आगामी दिनहरुमा समेत देश विदेशमा रहेका युवाहरुले थप सहयोग गर्ने आशा सहित सहयोगी मनहरुलाई आभार सहित धन्यवाद ज्ञापन गर्नुभयो ।
आगामी दिनमा यस संस्थाले गाउँपालिका तथा वडासँग सहकार्य गर्दै यस क्षेत्र भित्रका हरेक सामाजिक कार्यहरुमा सक्रिय हुदैँ विकास निर्माण कार्यमा जुट्ने तथा नमूना टोल विकास संस्था बनाउने लक्ष्य रहेको अध्यक्ष सन्तोष थाम्सुहाङ्गले वताउनु भयो ।

