मेचीनगर, साउन २२ । झापाको मेचीनगर नगरपालिकामा आज एकै दिन दश बर्षिय बालिकासहित ८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा मेचीनगरका ८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ९० पुगेको छ ।
आज थपिएका संक्रमितहरु मेचीनगर वडा नं २ का दश बर्षिय बालिकासहित ४ जना र मेचीनगर वडा नं ५, ७, ९ र ११ का एक–एक जना पुरुष रहेका छन । उनिहरु सबै भारतबाट आएर मेचीनगर– १० धुलाबारी स्थीत अतिथि सदन क्वारेन्टाइनमा बसेका थिए ।
आज थपिएका कोरोना संक्रमित मध्ये दश बर्षिय बालिकासहित ६ जना मेची अस्पताल भद्रपुरमा र बाकी २ जना मेचीनगरको धाइजन स्वास्थ्य चौकीको आइशोलेशनमा राखिएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बराल जानकारी दिए ।

